आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने पक्राउ

एजेन्सी । जापानमा आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने एक महिला पक्राउ परेकी छिन् । ४८ वर्षकी युमी योसिनोले १० वर्षअघिदेखि आमाको शवलाई फ्रिजमा लुकाएर राखेको स्वीकारेकी हुन् । यी महिलाकाअनुसार उनी आमासँग टोकियोस्थित फ्ल्याटमा बस्दै आएकी थिइन् ।
आमाको मृत्युपछि आफु उक्त फ्ल्याटबाट बाहिरिनुपर्ने भय उनलाई थियो । त्यसैले मृत्युको सूूचना लुकाउनका लागि आमाको शवलाई फ्रिजमै लुकाएर राखेको ती महिलालाई उदृत गर्दै जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । शवमा कुनै चोट भने नदेखिएको प्रहरीले जनाएको छ ।
अधिकारीहरुले मृत्युको समय र कारण भने पत्ता लगाउनसक्ने अवस्था छैन । मृत्यु हुँदा आमाको उमेर ६० वर्षको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ । अपार्टमेन्टमा भाडा बुुझाउन नसकेपछि मध्य जनवरीमा योसिनो अन्यत्र सर्न बाध्य भइन्, त्यसपछि सरसफाईका लागि आएका व्यक्तिले फ्रिजमा शव भेटे । अनुसन्धानका क्रममा प्रहरीले गत शुक्रबार टोकियो नजिकैको चिवा शहरस्थित एक होटलबाट योसिनोलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग
-
चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा
-
अवरुद्ध सबै सडक सञ्चालनमा [सूची]
-
मुख्यमन्त्री कँडेलको एक वर्ष: ९५ किलोमिटर सडक कालोपत्रे !