मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने पक्राउ

शनिबार, १७ माघ २०७७, २२ : ४२
शनिबार, १७ माघ २०७७

एजेन्सी । जापानमा आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने एक महिला पक्राउ परेकी छिन् । ४८ वर्षकी युमी योसिनोले १० वर्षअघिदेखि आमाको शवलाई फ्रिजमा लुकाएर राखेको स्वीकारेकी हुन् । यी महिलाकाअनुसार उनी आमासँग टोकियोस्थित फ्ल्याटमा बस्दै आएकी थिइन् ।

आमाको मृत्युपछि आफु उक्त फ्ल्याटबाट बाहिरिनुपर्ने भय उनलाई थियो । त्यसैले मृत्युको सूूचना लुकाउनका लागि आमाको शवलाई फ्रिजमै लुकाएर राखेको ती महिलालाई उदृत गर्दै जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।  शवमा कुनै चोट भने नदेखिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुले मृत्युको समय र कारण भने पत्ता लगाउनसक्ने अवस्था छैन । मृत्यु हुँदा आमाको उमेर ६० वर्षको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ ।  अपार्टमेन्टमा भाडा बुुझाउन नसकेपछि मध्य जनवरीमा  योसिनो अन्यत्र सर्न बाध्य भइन्, त्यसपछि सरसफाईका लागि आएका व्यक्तिले फ्रिजमा शव भेटे । अनुसन्धानका क्रममा प्रहरीले गत शुक्रबार टोकियो नजिकैको चिवा शहरस्थित एक होटलबाट योसिनोलाई पक्राउ गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप