शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ओलीले लोकतन्त्रको हत्या गर्न फालिने पासो हो चुनाव  : बाबुराम भट्टराई

शनिबार, १७ माघ २०७७, २० : ५८
शनिबार, १७ माघ २०७७

घोराही । जनता समाजवाबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।

पार्टीले शनिबार घोराहीमा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले ओलीको असंवैधानिक कदमको चारैतिर विरोध सुरु भएकाले चुनाव हुने वातावरण अनिश्चित भएको बताए । 

नेता भट्टराईले ओलि सबै हिसाबले असक्षम भइसकेको भन्दै संसद बिघटन गरेर देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाए । आन्दोलनरत दलहरुले एक्ला-एक्लै आन्दोलन गरेर आन्दोलन सफल नहुने धारणा राख्दै उनले अब काँग्रेससँग मिलेर आन्दोलन गरे सफल हुने उल्लेख गरे ।

ओलीले गरेको चुनावमा कम्युनिष्ट फुटको फाइदा पाउने आशयले काँग्रेस अलमलमा परेको भन्दै ओलीले नगर्ने चुनावको आश्वासनमा नपर्न भट्टराईले आग्रह गरे । उनले भने , 'ओलीले लोकतन्त्रको हत्या गर्न फालिने पासो हो चुनाव । यसमा हामी सबै सचेत हुनुपर्छ । नगर्ने चुनावको आश्वासनको अलमलमा नपर्न काँग्रेस नेताहरुलाई मेरो आग्रह छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप