शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

शनिबार, १७ माघ २०७७, २० : २०
शनिबार, १७ माघ २०७७

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन् । आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उहाँले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे ।

उहाँले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहजरूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए । खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्री त्रिपाठीले सुझाव दिए ।

अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए । शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरीक्षण गरेका मन्त्री त्रिपाठी आज बुटवल आएका थिए । उनले  बुटवल र भैरहवामा खोप अभियानको निरीक्षण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप