शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति, यसरी टर्यो पेट्रोलियम आपूर्तिको हड्ताल

शनिबार, १७ माघ २०७७, १९ : ३८
शनिबार, १७ माघ २०७७

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने भनेको हड्ताल टरेको छ । शनिबार निगम र एशोसिएसनबीच ५ बुँदे सहमति भएसँगै यस्तो सम्भवना टरेको हो । 

शनिबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितका अधिकारी तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लगायत एशोसिएसनका पदाधिकारीको उपस्थितिमा यस्तो सहमति भएको हो ।

सो सहमति अनुसार निगमले माघ १६ गतेको पत्र अनुसार वृद्धि गरेको कमिसन रकम कुन मितिबाट लागु हुने भन्ने सम्बन्धमा भएको विवाद अन्त्य भएको छ । 

निगम व्यवस्थापन समितिले पत्र लेखेको दिनदेखि यो नियम लागु हुने बताए पनि निगमको सञ्चालक समितिले निर्णय भएकै लागु गर्ने निर्णय गरेर एशोसिएसनको माग पूरा गरिदिएको हो । निगमले पेट्रोल बिक्रेताहरुले पेट्रोल र डिजेलमा क्रमशः ०.३९५ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत कमिसन बढाउने निर्णय गरेको थियो । 

त्यस्तै, पेट्रोलियम पदार्थको प्राविधिक नोक्सानी (जर्ती) को सम्बन्धमा अध्ययन गर्ने समितिमा एशोसिएसनका पदाधिकारी राख्न निगम सहमत भएको छ । 

सहमति अनुसार उक्त समितिले आगामी जेठसम्म यसबारे प्राविधिक प्रतिवेदन बुझाउनेछ । सोही प्रतिवेदन अनुसार यसलाई कार्यान्वयन गर्ने सहमति समेत भएको छ । हाललाई जर्तिसम्बन्धी व्यवस्थालाई स्थगित गरिएको छ । 

त्यस्तै, निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावलीको संशोधनको लागि पेट्रोलियम डिलर्स एशोसिएसनका पदाधिकारी समेत सहभागी रहनेगगरी समिति गठन गर्ने, लकिङ सिस्टमलाई प्रभावकारी बनाउन आधुनिक लकिङ सिस्टम जडान गर्ने सहमति समेत भएको छ ।

सो सहमतिसँगै एशोसिएसनले भोलिदेखि भनेको पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने हड्ताल फिर्ता लिन सहमति जनाएको छ । 

यसअघि माघ १२ गते कमिसन लागु हुने मिति र जर्ति परिणामबारे माग पूरा गर्न ध्यानाकर्षण गर्दै माग पूरा नभए आजदेखि आपूर्ति रोक्ने चेतावनी दिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप