शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन आर्मी विजयी

शनिबार, १७ माघ २०७७, १९ : ३४
शनिबार, १७ माघ २०७७

एपिएफमामाथि ३३ रनको रोमाञ्चक जित निकाल्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१.३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिँदा आर्मी विजयी भएको हो । 

आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्न सफल भएको हो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो । 

दोस्रो संस्करणमा एपिएफबाट पराजित भएको थियो भने तेस्रो संस्करणको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिससँग स्तब्ध भएको थियो । शनिबार भएको फाइलनमा एपिएफलाई दोस्रो संस्करणमा भोगेको पराजयको बदला लिएको हो । 

विजयी आर्मीले उपाधिसँगै नगद १० लाख रुपैयाँ हात पारेको छ । यस्तै उपविजेतमा सिमित भएको एपिएफले नगद पाँच लाख रुपैयाँ हात पा-यो । एपिएफविरुद्ध जित निकाल्दा आर्मी तीन बलरले उत्कृष्ट खेल प्रदर्शन गरे । विक्रम शोब, जितेन्द्र मुखिया र साहब आलमले समान तीन÷तीन विकेट निकाल्दा आर्मी सस्तैमा समेटिएको थियो । २१ रनको व्यक्तिगत स्कोर बनाउँदा ओपनर सुवास खकुरेललाई गुमाएको एपिएफका लागि  कप्तान शरद भेषवाकर शून्यमा पवेलियनको बाटो फर्किएका थिए । 

आशिफ शेखले ६१ रनको अर्धसतकीय इनिङ खेले पनि टोलीको हारलाई टार्न सकेनन् । जितेन्द्र मुखियाको बलमा रोहित पौडेलबाट क्याच भएर पवेलियन फर्किएका आशिफले ७१ बलको सामना गर्दा ८ चौका र १ छक्का प्रहार गरेका थिए । 

सुन्दिप जोरा २९ रन जोड्ने क्रममा पवेलियन फर्किँदा सुमित महर्जनले व्यक्तिगत १९ रनको योगदान गरेका थिए । तीब्र गतिका बलरसामु खुलेर खेल्न सकेको एपिएफका तीन खेलाडी शून्यमा रहँदा अन्य तीन ब्याट्स म्यान १० रन भित्र समेटिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ११ रन जोडेको थियो । आर्मीका लागि हरिबहादुर चौहान एक्लैले ५८ रन रन जोडेका थिए । राजेश पुलामिले २८ रन जोड्दा शहम अलमले १४ बलमा २५ रन जोड्दै नटआउट रहे । 

तीन विकेट गुमाउँदा ४७ रन मात्र जोडेको आर्मीका लागि लोकेश बमले १५, रोहित पौडेलले १३, विक्रम शोब र अनिल मण्डलले समान ११/११ रन बनाएका थिए । कप्तान विनोद भण्डारी र भिम सार्कीले समान ७ रन जोडे ।

आर्मीको ९ विकेट निकाल्न एपिएफका अविनाश बोहोराले सर्वाधिक ४ विकेट हात पार्दा किशोर महतोले दुई आफ्नो नाममा लेखाए । यस्तै कप्तान शरद भेषवाकर, भुवन कार्की र कमल सिंह ऐरीले १/१ ले लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप