आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत उपत्यकामा ३ वर्षभित्र खानेपानी समस्या समाधानका लागि गृहकार्य सुरु

भेरी नदीको पानी पम्पिङ् गरी ल्याइने
शनिबार, १७ माघ २०७७, १९ : १४
शनिबार, १७ माघ २०७७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या ३ बर्ष भित्र समाधान हुने गरी जोडबल गरिएको छ । जसका लागि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइएको छ । 

खानेपानी समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि भेरी नदीको पानी ल्याउने गृहकार्य थालिएको हो । शनिबार नेपाल सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापा, स्वास्थ्य राज्यमन्त्री नवराज रावतले योजनागृहको स्थलगत अवलोकन गरेका छन् । 

अवालेकन पश्चात मन्त्री थापाले उपत्यकाको खानेपानी समस्या समाधानका लागि मन्त्रालयमै वृहत छलफल गरिने बताए । त्यसका लागि सबै सरोकारवालाहरुलाई काठमाडौँ बोलाइन ेर निष्कर्षमा पुगिने उनले बताए । उनले भने ,‘काम कुनै हालतमा पनि रोकिदैन् ।’ संघीय सरकारको आयोजना भएकाले सबै तह सँगको सहकार्यमा आयोजनाको काम अघि बढाइने थापाले बताए।

डेढ लाख जनसँख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसँख्याका कारण पानीको समस्या छ । 
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी प¥याउन जोडबल गर्दा पनि सहिरको अबस्था छैन् । २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपर्ती गर्दै आइरहेको छ ।

आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजनाले अबको ३ बर्ष भित्रै लक्ष्य हांसिल गर्ने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए ।

दुई महिना भित्र डीपिआर तयार हुन्छ  ? 

आयोजना निर्माणको लागि २ महिनाभित्रै डीपिआर तयार गरिसक्ने आयोजनाको लक्ष्य छ । अध्यक्ष देवकोटाका अनुसार यो बर्षका डीपिआरको कास सम्पन्न भइ टेण्डरमा गयोभने अबको ३ बर्ष भित्रमा  योजना सम्पन्न हुन् सक्छ ।’

देवकोटाले भने,‘ हामीलाई चाहिने रकम भनेको करिब साढे ७ अर्ब रुपैयाँ हो । पटक–पटक गरेर रकम सरकारले उपलब्ध गराउन सकनुपर्छ । आशा छ,‘ भेरीको पानी तिनबर्ष भित्र उपत्यकामा ल्याई प्रयाप्त मात्रमा पानी उपलब्ध हुनेछ ।’ 

आयोजना प्रमुख नारायण काफ्लेले डीपिआर तयारका लागि राम्रो ‘कन्सल्टेन्सी’ सँग आपसि कुराहरु भइरहेको बताए  । उनिहरुबाट दुइमहिना भित्रै डीपिआर तयार गरिसक्ने कुरा आएको उनले बताए । उनले भने ,‘ट्याङ्कीको साइजहरुको बारेमा र पाइप लगाएत अन्य कुराहरुको बारेमा पनि गृहकार्य भइरहेको छ । उनले गत आवमा कोरोनाले केही असहज भएको बताए ।

प्रदेश सरकारले पनि यो आयोजनालाइ मुख्य आयोजनाको रुपमा हेरिरहेको  छ। सोका लागि प्रदेश सरकारले १ अर्ब बराबर रकम समेत विनियोजन गरिसकेको बताईएको  छ ।  

वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागि योजना तयार गरिएको अध्ययन टोलीले जनाएको  छ।  
वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निमार्ण भए २४ वटा स्किम रहने छन् । 

वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने देखिन्छ। आयोजनाका अनुसार भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि ४ अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन अपुग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप