कलंकीबाट ३ किलो अफिमसहित पुरुष पक्राउ
शनिबार, १७ माघ २०७७, १९ : ०५
काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो ।
म्याक्सको साथबाट ३ किलो अफिम बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी दिलीप चौधरीले रातोपाटीलाई बताए ।
माईलाले मकवानपुरको टिष्टुङबाट सो अफिम ल्याएको प्रहरीलाई बताएका छन् । अफिमलाई प्रशोधन गरेर ब्राउन सुगर बनाइन्छ ।
उनि ०३९ देखी लागु औषध कारोबारमा सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अफिम कारोबार गर्नेलाई अदालतले १५ वर्ष देखी जन्मकैद सम्म गर्न सक्छ । सो ऐन अनुसार ५ देखी २५ लाख जरिवाना गर्न सक्ने ब्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन