आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले संसद विघटन गरेर मुलुक संकटमा परेको छ : रामचन्द्र पौडेल

शनिबार, १७ माघ २०७७, १८ : ४४
शनिबार, १७ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्यो बेलामा मुलुक संकटमा परेको बताएका छन् । उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताए । पौडेलले नेपाली काँग्रेसको स्पष्ट अडान संसद पुनःस्थापना नै भएको बताए । 

काभ्रेको कुन्तावेसीमा आयोजित कार्यक्रममा पौडेलले हरेक पटकको संसद विघटनले मुलुकलाई संकटमा धकेलेको तर संसद विघटन गर्ने कदम फिर्ताले मुलुकको संकटलाई निकास दिएको बताए । 

उनले २०५१ सालपछि संसद   पुनःस्थापना हुँदा पनि निकास पाएको र २०५९ सालमा पनि काँग्रेसले आन्दोलनबाट पुनःस्थापित संसदले निकास दिएको स्मरण गरे । नेपाली काँग्रेस स्पष्ट रूपमा संसद पुनःस्थापनाको एजेन्डामा अगाडि बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप