प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास, मेयर दाहालद्वारा बहिस्कार
शनिबार, १७ माघ २०७७, १७ : ५९
प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् । सो कार्यक्रम भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने बहिस्कार गरिन् । ओलीले शिलान्यासको नाममा गुटको राजनीति गरेकाे भन्दै उनले बहिस्कार गरेकी हुन् ।
सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो ।
उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन