शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको व्यङ्ग्य : बुढेशकालमा ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ

शनिबार, १७ माघ २०७७, १६ : ३५
शनिबार, १७ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूहले देशभर अभियान सञ्चालन गरिरहेके बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् । 

 प्रचण्ड, नेपाल र खनालको नामै नलिइकन उनले भने, ‘तीन वटा प्रधानमन्त्री (पूर्वप्रधानमन्त्री) लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’

‘ उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’, चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे । 
ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे । 

उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पोखे ।

उनले आफूहरु देश बनाउने अभियानमा जुटेको भन्दै चितवन जिल्लाका लागि २ हजार क्षमताको सभाहल सिलान्यास आजै गरेको र त्यो छिट्टै उद्घाटन गर्ने तयारीमा जुटेको बताए । यस्तै राजमार्ग चौडा बनाउने कामको सिलान्यास पनि गरिएको भन्दै आफूहरुले राम्रो काम गर्दा प्रचण्ड–नेपाल समूहमा छटपटी देखिएको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप