शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षमा निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार

शनिबार, १७ माघ २०७७, १६ : ०९
शनिबार, १७ माघ २०७७

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ । शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो ।

 महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तरक्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको बताए । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुध्रिढ गर्न प्रतिवद्ध व्यवसायीहरुद्धारा रणनीति तयार पारिएको पनि बताए । 

महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्बमा पु¥याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा ७ खर्ब निर्यात पु¥याउने लक्ष्य लिएको बताए । 
निर्यात बढाउनका लागि महासंघले सरकार र व्यवसायीहरुको बीचमा समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गुरुङले बताए । 

यस्तै निर्यात प्रवर्धनका लागि उपयुक्त नीतिगत एवं व्यवहारिक व्यवस्थाका लागि महासंघले छोटो समयमा महत्वपूर्ण कार्य गर्न सफल भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप