आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

६५ रुपैयाँमा खाना खान पाइने रेस्टुरेन्ट खुल्यो

शनिबार, १७ माघ २०७७, १५ : ५०
शनिबार, १७ माघ २०७७

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । 

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए । 
रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने पनि अध्यक्ष पन्तले बताए । हाम्रो टीम नेपालले गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप