शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पार्टीमा मात्र होइन, केपी ओलीको सडकमा पनि एक तिहाइः प्रचण्ड

शनिबार, १७ माघ २०७७, १५ : ०१
शनिबार, १७ माघ २०७७

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरुको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीमा ओलीको पक्षमा एक तिहाइ मात्रै रहेको र सडकमा पनि अवस्था त्यस्तै देखिएको बताए । 

‘केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको छैन । स्थायी समितिमा पनि एक तिहाइ छैन।  उहाँले घमण्ड गर्नहुन्थ्यो, सडकमा मेरो पक्षमा छन् भनेर फुर्ती गर्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘धनगढीमा उहाँ सहभागी कार्यक्रममा भएको जनसहभागितालाई लिएर फुर्ती लगाउनु भएको थियो तर आजको विशाल सहभागिताले उहाँको घमण्डलाई चुरचुर बनाइदिनु भयो ।’

उनले आफूहरुले गरेको जनप्रदर्शनका क्रममा विशाल जनसहभागिता देखिएको भन्दै यो सहभागिताले जनता प्रतिगमनको पक्षमा रहेको स्पष्ट भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप