शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पण्डितको मन्त्रोच्चारणसहित ओलीले गरे चितवनमा सडक शिलान्यास

शनिबार, १७ माघ २०७७, १४ : ४१
शनिबार, १७ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । 
सो समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि सहभागिता रहेको थियो । 
ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ । 

निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि  जस लिने गरी शिलान्यास गर्न लागेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा चितवन जिल्ला पार्टी कमिटीले विरोध गरेको छ  । यसैगरी ओली चितवनमा पुग्दा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शनसमेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप