इब्राहिभोमिक र लुकाकुलाई एक खेलको प्रतिबन्ध
कोपा इटालिया फुटबल प्रतियोगिताका दौरान मंगलबार मैदानमै झगडा गरेका दुुई स्टार फुटबलर ज्लाटान इब्राहिभोमिक र रोमियो लुकाकुमाथि एक खेलको प्रतिबन्ध लागेको छ । एसी मिलानका स्विडिस स्टार इब्राहिभोमिकले यस खेलमा इन्टर मिलानका बेल्जियन स्टार लुकाकुुलाई गधा भनेका थिए । यता, लुकाकुले पनि इब्राहिभोमिक र उनकी पत्नी समेतलाई गाली दिएका थिए । त्यसपछि रेफ्रीले दुुबै खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए ।
दुुबै खेलाडी अपशब्द प्रयोग गर्दै एकअर्कासँग झगडा गरिरहेको भिडियो फुटेज खेलपछि भाइरल बनेको थियो । कतिपय समर्थकहरुले लुकाकुविरुद्ध इब्राहिभोमिकले रंगभेदी टिप्पणी गरेको आरोप समेत लगाएका थिए । विवादअघिसम्म यस खेलमा इब्राभोमिकको गोलमार्फत एसी मिलान एक शुन्यले अघि थियो । तर, दोस्रो हाफमा फल खेलेपछि लगातार दोस्रो पहेंलो कार्ड (रातो कार्ड) खाएका इब्राभोमिक मैदान छाड्न बाध्य भए ।
त्यसपछि लुकाकुले गोल गर्दै इन्टरलाई बराबरीको अवस्थामा फर्काए । खेलको स्टपेज समयमा क्रिष्ट्रियन इरिक्सनले गोल गर्दा इन्टरले खेल २–१ ले जित्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन