पर्दामा रामायण, राम–सीताको भूमिकामा ऋतिक–दीपिका !
बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता ऋतिक रोशन चाँडै नै फिल्म ‘फाइटर’ मा देखिँदैछन् । यसको निर्देशनमा सिद्धार्थ आनन्दले गरिरहेका छन् । यी दुुई कलाकार एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यति नै बेला दुुबै कलाकार रामायणमा आधारित नयाँ फिल्ममा पनि देखिने सम्भावना बढेको छ ।
मधुमन्टेनाले निर्माण गर्न लागेको यस थ्रिडी फिल्ममा ऋतिकले श्रीराम र दीपिकाले सीता माताको भूमिका निर्वाह गर्नसक्ने निर्माण युनिटको दाबी छ । यस फिल्मको बजेट ३ सय करोड रुपैयाँ रहने बताइएको छ । फिल्मको निर्देशन नितेश तिवारीले गर्दैछन्, तिवारीले यसअघि ‘दंगल’ र ‘छिछोेरे’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।
मधु मन्टेनाले यस भव्य महाकाव्यसँग जोडिएका हरेक दृश्यलाई भव्यताका साथ दर्शाउने प्रयास गरिरहेका छन् ।
यस फिल्मलाई दुुई भागमा बनाउने विषयमा गृहकार्य चलिरहेको छ । फिल्मसँग जोडिएका एक व्यक्तिले भने, ‘यो निकै गम्भिर समय हो । रामायणसँग जोडिएका हरेक प्रकरणलाई निकै जर्बजस्त तरिकाले प्रदर्शित गर्नुपर्ने हुन्छ । मधु मेन्टनाले यस प्रोजेक्टमा काम गर्नका लागि धेरै अनुसन्धानकर्ताहरुलाई लगाएका छन्, ताकि यस भव्य महाकाव्यलाई थप भव्य रुपमा पर्दामा देखाउन सकियोस् ।’
विगतमा पनि रामायणबारे टेलिसिरियल र फिल्म बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या