बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओली चितवन जाने भएपछि प्रचण्ड–नेपाल पक्षद्वारा प्रदर्शन, सुरक्षाव्यवस्था कडा बनाइयो

शनिबार, १७ माघ २०७७, १२ : १७
शनिबार, १७ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली जाने भएपछि भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ ।  मुख्य सडकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ । 

प्रधानमन्त्री ओलीले आज दिउँसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्ने कार्यक्रम राखिएको छ । यस्तै उनले त्यहाँ सम्बोधन समेत गर्नेछन् । 

यसैबीच ओलीको विरोधमा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् । प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले कालो पर्चामा ‘असंवैधानिक कदम खारेज गर’, प्रतिगामीहरु होसियारलगायतका नारा लेखेर सडकमा छरेका छन्। 

महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ ।  महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

चितवन प्रचण्डको गृहजिल्ला हो भने चितवनमा तुलनात्मक रुपमा प्रचण्ड–नेपाल पक्षको पकड रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप