शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारले फेरि बढाए पारिश्रमिक

शनिबार, १७ माघ २०७७, १० : ४६
शनिबार, १७ माघ २०७७

एजेन्सी । बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो । 

उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् । उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ । 

हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् । 

फिल्मका निर्देशकका अनुसार अक्षयलाई दर्शकको अत्यधिक समर्थन र माया मिल्ने गर्छ । उनी फिल्ममार्फत मानिसहरुलाई सुसुचित गराउने काम पनि गर्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप