क्यानडा बस्ने नेपाली युवाको र्याप गीत सार्वजनिक
शनिबार, १७ माघ २०७७, ०९ : ३६
काठमाडौं । क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्भन श्रेष्ठको संयुक्त प्रयासमा 'कोक एण्ड जेडी' गीत तयार गरिएको हो ।
सुघब बन्जाराको शब्द तथा 'लेजी ब्वाई'को संगीत रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको यो गीतमा विदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।
शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके