बाक्लो हुस्सु र शीतलहरको कारण विद्यालय बन्द
![बाक्लो हुस्सु र शीतलहरको कारण विद्यालय बन्द](https://rpcdn.ratopati.com/media/albums/school_1hAnuUlM3R.jpg)
बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बताए ।
बाक्लो हुस्सु र शीतलहरको कारण जनजीवन प्रत्यक्षरुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले चार दिनका लागि विद्यालयमा जाडो बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले सूचनामार्फत जानकारी दिए ।
जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
साथै सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा सकिएको हुँदा सो बिदा अवधिभरि उत्तरपुस्तिका परीक्षण गराई बिदापछि नतीजाको विवरणसहित शिक्षा, युवा तथा खेलकूद शाखामा जानकारी दिनसमेत प्रमुख प्रशासकीय अधिकृत डङ्गोलले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप
-
मान्छेले मात्रै होइन, कमिलाले पनि गर्छन् अपरेसन
-
एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ