शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीस्थित इजरायली दूतावास परिसरमा बम विष्फोट

शुक्रबार, १६ माघ २०७७, २३ : ३९
शुक्रबार, १६ माघ २०७७

एजेन्सी । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा बम विष्फोट भएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेट जाँदा दूतावास परिसरमा विष्फोट भएको हो । विष्फोटमा कोही हताहती नभएपनि केही सवारी साधनमा क्षति पुगेको जनाइएको छ । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको छ ।

उक्त विष्फोटको असर दिल्ली, उत्तरप्रदेश लगायतका राज्यमा पर्ने सुरक्षा अधिकारीहरुको भनाई छ । विष्फोटपछि सरकारले अयोध्यासहित उत्तरप्रदेशका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै उत्तराखण्डको हरिद्वारमा पनि सुरक्षा सतर्कता बढाइएको छ । 

आफ्नो दूतावास परिसरमा विष्फोट भएपछि इजरायलले त्यसलाई आतंककारी हमलाको संज्ञा दिएको छ । भारतीय गृहमन्त्री अमित शाहले विष्फोटमा संलग्न व्यक्ति (दोषी) लाई तत्काल गिरफ्तार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप