माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति
एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो ।
स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ ।
त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् । कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।
माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ