आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुकुमको कम्युनिस्ट आन्दोलनमा स्व. स्कन्द शर्माको योगदानको चर्चा

शुक्रबार, १६ माघ २०७७, २२ : ०८
शुक्रबार, १६ माघ २०७७

नेपाल कम्युनिस्ट पार्टी रुकुमका संस्थापक नेता स्वर्गीय स्कन्द शर्माले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै उनको स्मरण गरिएको छ । शर्माको १९ औं स्मृति दिवसको अवसरमा शुक्रबार रुकुम पश्चिमको मुसीकोटमा आयोजित कार्यक्रममा नेकपा रुकुम पश्चिमका इन्चार्ज राजकुमार शर्माले शर्माले कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिकाको चर्चा गर्दै सोही स्थानको स्मारकमा रहेको शर्माको शालिकमा माल्यार्पण गरे । 
यस्तै जिल्लाका अन्य नेताहरुले पनि शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

यसैबीच शर्माको स्मृति दिवसका दिन काठमाडौंमा राखिएको एक कार्यक्रममा नेकपा प्रभावशाली नेता छोरा जनार्दन शर्मा प्रभाकरले रुकुमको कम्युनिस्ट आन्दोलनको बुबाले गरेको योगदानको स्मरण गर्दै कम्युनिस्टहरु जहिले पनि अग्रगमनको पक्षमा हुनुपर्नेमा जोड दिए । 

उनले देशमा समाजवाद स्थापना गर्ने अभियानमा आफूहरु प्रतिबद्ध रहेको भन्दै सरकारबाट भएका प्रतिगमनका प्रयासहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए ।  समाजवाद ल्याउने आधारहरुलाई भत्काएर सरकार प्रतिगमनमा लागेकोले त्यसप्रति सचेत नागरिक बेलैमा जागरुक हुनुपर्ने उनको जोड थियो । 

साथै उनले रुकुममा समाजवादको आधारशीला तयार गर्ने काम स्थानीय रुपमै अघि बढिरहेको पनि बताए । 

स्कन्द शर्माले आफ्नो जीवनकालमा रुकुमको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप