शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थप १५७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शुक्रबार, १६ माघ २०७७, २० : १३
शुक्रबार, १६ माघ २०७७

देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन  हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ७४५  पुगेको छ । त्यस्तै  पछिल्लो समय थप ३३३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।

अहिले देशभर तीन हजार २२ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १११ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार २४९ जना होम आइसोलेसनमा छन् भने १४७ जनाको आकस्मिक र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

हालसम्म  २० लाख ६४ हजार ८१ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप