कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरु सम्मानित
काठमाडौं । बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ । फाउन्डेसनले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी,पत्रकार र संस्थागत गरि १९ जनालाई सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिएवापत न्यूज एजेन्सी नेपाललाई संस्थागत रुपमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ । त्यसैगरी पत्रकारहरु फातिमा बानु, बर्षा शाह र सागर बुढाथोकीलाई पत्रकारिता तर्फ कोभिड १९ विशिष्ट पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्यलाई १ लाख १ रुपैयाँ सहित सम्मान गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेन प्रसाद आचार्य लाई जनही ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
नर्सिङ तर्फ बीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत भगवती बडाल र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स श्रुती साहलाई सम्मान गरिएको छ । यस पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।
स्वास्थ्य सहयोगी कर्मचारीतर्फ भेरी अस्पतालकी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमेश काफ्लेलाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । आरएनए १६ स्वयंसेवी समूह भक्तपुरलाई भने ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
संस्थागत तर्फ पाटन अस्पताल, ललितपुर, सामूदायिक प्राकृतिक चिकित्सालय नवलपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबै व्यक्तित्वलाई सम्मान गरेका थिए । फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन अनुरोध गरे ।
कोभिडमा उच्च योगदान पुर्याएका व्यक्ति छनौटका लागि फाउन्डेसनले पत्रकारितातर्फ र स्वास्थ्य क्षेत्र तर्फका दुईवटा छुट्टा छुट्टै निर्णायक समिति गठन गरेको थियो । पत्रकारितातर्फ वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, सुधीर शर्मा, टिकाराम यात्री र स्वास्थ्य क्षेत्रतर्फ डाक्टर भगवान कोइराला, डाक्टर लोचन कार्की, प्राध्यापक गोमादेवी निरौला र लक्ष्मी तामाङ निर्णायक समितिमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?