शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो : कमल थापा

शुक्रबार, १६ माघ २०७७, १९ : ४९
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका   अध्यक्ष कमल थापाले संसद विघटन पछिको अबस्थाले संविधान र ब्यबस्था माथी नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । 

शुक्रबार जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । 

नयाँ नेपाल निर्माण ,आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिबर्तन दिन नसकेको भन्दै थापाले जनता भ्रष्टाचार ,कुशासन ,धर्मपरिबर्तन,बेरोजगारी र सर्बसत्ताबादको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए। 

पार्टीको आगामी कार्यदिशा संगठन ,जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत स्पष्ट पारे । 

पार्टीको भविष्यप्रती निश्चिन्त हुन आग्रह गर्दै थापाले आफू सहित पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनिले पवित्र धार्मिक ग्रन्थ गिता छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले देश, जनता ,प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत व्यक्त गरे।

 देशव्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाको विशेष जोड थियो । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र एजेन्डालाई स्थापित गर्ने विषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए । 

चरणबद्ध रुपमा अध्यक्ष थापाले भर्चुअल बैठक जारी राखेको आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप