सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

संसद विघटनमा अदालतको निर्णय मान्नुको विकल्प छैन : अध्यक्ष ठाकुर

शुक्रबार, १६ माघ २०७७, १९ : ३९
शुक्रबार, १६ माघ २०७७

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले समग्र मुलुकमा द्वन्द्व निम्तिएको आरोप लगाएका छन् । 

 शुक्रबार जनकपुरधाममा जसपाका कार्यकर्ताहरुसङ्ग भेटघाट गर्नेक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरि मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको बताए ।

उनले भने,  ‘जनताले ५ वर्षका लागि प्रतिनिधिसभामा चुनेर पठाए तर ओलीले ३ वर्षमै त्यसलाई समाप्त गर्‍यो । यसले जनप्रतिनिधि र जनता दुबैको अधिकारलाई हनन गर्‍यो ।’

उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, 'तपाईहरु सचेत भएर बस्नुस् ।' उनले मधेसी जनताले आफ्नो अधिकार अहिलेसम्म नपाएकोले जसपाले जनताको अधिकार दिलाउनका लागि संघर्ष जारी राख्नु आवश्यकता रहेको बताए । 

उनले प्रतिनिधिसभा पुर्नस्थापनाको सवालमा भने, ‘अदालत सर्वोपरी रहेकोले अदालतको निर्णय मान्नु बाहेक अन्य कुनै विकल्प छैन । हामी अदालतको निर्णय मान्छौं ।’

उनले शासन प्रशासन चलाउन अर्थको आवश्यकता रहेकोले केन्द्र सरकारले आफ्नो मातहत सबै अधिकार र शक्ति समेत राखेर प्रदेशलाई बनाएको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप