सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

डाक्टर बनेर आफ्नै गाउँमा सेवा

शुक्रबार, १६ माघ २०७७, १९ : ३३
शुक्रबार, १६ माघ २०७७

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा ।

गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि  गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।’

आफ्नै गाउँको छोरा डाक्टर बनेर आएकोमा हर्ष लागेको उनले बताए । डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्ष अघि एमबीबीएसको अध्ययन सकेर त्यहीँ काम गर्दै आएका थिए ।

५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

ईस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् । केही दिन अघिमात्र पूर्वमन्त्री गोकर्ण विष्टले वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् ।

त्यसअघि दोहोली मै १५ शय्याको आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरामीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप