जापानमा झण्डै सय उडान रद्ध
शुक्रबार, १६ माघ २०७७, १९ : १०
एजेन्सी । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।
जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ । धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्ध भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड