बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पोखरा महानगरले अनुदान र पहिचानका लागि शुरु गर्‍यो कृषक परिचयपत्र वितरण

शुक्रबार, १६ माघ २०७७, १८ : ५८
शुक्रबार, १६ माघ २०७७

पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको छ । महानगर क्षेत्र भित्रका कृषकहरुको पहिचाहन गरी अनुदान र सहयोग उपलब्ध गराउने योजना अनुसार महानगरले पहिलो पटक परिचय वितरण गरेको हो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री लेखबाहदुर थापा मगरले शुक्रबार एक कार्यक्रमका वीच कृषकलाई परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गरेका छन् । उनले पोखराका पोल्टी ब्यवसायी तेजबहादुर भट्टराईलाई परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री थापा मगरले परिचयपत्र वितरण किसानको पहिचाहनका लागि महत्वपूर्ण भएको बताए । ‘ठूलो संख्यामा कृषि पेशामा आवद्ध किसानहरुको पहिचाहनका लागि पहिलो पटक परिचयपत्र वितरण गर्नू गौरवको विषय हो’ उनले भने, ‘कृषकको पहिचानसंगै आगामी दिनमा राज्यले अनुदान मार्फत आर्थिक सबलीकरण गर्नेछ ।’

मन्त्री थापाले कृषकको पहिचानह पछि राज्यको अनुदान र नीति निर्माणमा समेत सहज हुने विश्वास ब्यक्त गरे । ‘राज्यले आगमी दिनमा ल्याउने कृषक पेन्सन योजनाका लागि परिचयपत्रको महत्व अझ बढने छ’ उनले भने, ‘राज्यबाट प्राप्त गर्ने सेवा सुविधा र कृषकको पहिचानका लागि यसले महत्व राख्छ ।’ 

उनले प्रदेश सरकारले किसान वर्गीकरणका पाँच आधारहरु तयार गरेको बताउदै त्यही आधारमा महानगरले परिचयपत्र वितण सुरु गरेको बताए। ‘प्रदेश सरकारले भूमिहिन किसान, दैनिक ज्यालादारी किसान, मध्यम किसान, उद्यमी किसान र ठुला किसान गरी पाँच आधार तय गरेको छ,’ उनले भने ।

मन्त्री थापाले प्रदेश सरकारले उत्पादनमुखी कार्यलाई प्राथमिकता दिएको बताउदै उत्पादनमा लाग्ने व्यवसायिक कृषक नभएको अवस्थामा कृषि क्षत्रको विकास नहुने बताए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानहरुका लागि अनुदान र प्राविधिक सहयोग गर्ने योजना अनुसार महानगरले कृषक परिचयपत्र वितरण थालिएको बताए ।

उनले किसानले उत्पादन गरेका बस्तुका लागि बजारीकरण गर्ने जिम्मा महानगरले लिने बताउदै उत्पादनमा ध्यान दिन किसानलाई आग्रह गरे । प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गरेर परिचयपत्र वितरण सुरु गरेको महानगर कृषि शाखा प्रमुख नवराज अधिकारीले बताए ।

  महानगरले नेपालमै पहिलो पटक कृषकलाई परिचयपत्र वितरण सुरु गरेको हो । परिचयपत्र पाउने किसानले महानगरबाट पाउने सहयोग वा अनुदान के–कस्तो हुन्छन भन्ने वारे अझै टुंगो लागिसकेको छैन । 

प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गरेर परिचयपत्र वितरण सुरु गरेको महानगर कृषि शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए।  शाखाले पहिलो चरणमा २८८ जना किसानलाई परिचयपत्र वितरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप