साझाले थप्यो पेट्रोलियम पदार्थ बोक्ने ५ वटा ट्याङ्कर
काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीका लागि साझा सेवा सहकारीले ५ वटा नयाँ ट्याङ्कर थप गरेको छ । यसअघि पनि पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएको सो संस्थाले शुक्रबारदेखि थप ५ वटा ट्याङकरमार्फत् पेट्रोलियम पदार्थको ढुवानी सुरु गरेको हो ।
शुक्रबार साझा सेवा सहकारीको केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले साझाले ल्याएको ट्याङकरको अनावरण गरेर सञ्चालनको सुरुवात गरेका छन् । सो कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान, साझा सेवा सहकारीका अध्यक्ष नेत्र भण्डारी लगायत उपस्थित थिए ।
साझाले थप गरेको उक्त ट्याङ्करको मूल्य प्रतिट्याङकर ४८ लाख रुपैंया रहेको छ । प्रत्येक ट्याङकरको क्षमता २० हजार लिटर रहेको सहकारीका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए । सो ट्याङ्करले साझा पेट्रोल पम्पका अतिरिक्त नेपाल आयल निगमको निर्देशनअनुसार काठमाडौं उपत्यकाका अन्य पेट्रोल पम्पहरुमा समेत पेट्रोलियम पदार्थको आपूर्ति गर्नेछ ।
कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव अर्यालले कोरोना महामारीका कारण सिर्जित लकडाउनको अवस्थामा पनि साझा सेवाले निरन्तर सेवा दिएको स्मरण गर्दै सेवा दिएर पनि नाफामा कायम गर्न सफल भएकोमा धन्यवाद दिए । साझा सेवा सहकारीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब २७ लाख रुपैयाँ नाफा कमाएको छ । सो संस्थाको हालको चुक्ता पुँजी १ अर्ब २६ करोड रुपैया रहेको छ । सो सहकारीमा नेपाल आयल निगम, महालेखा नियन्त्रकको कार्यालय, काठमाडौं महानगरपालिका लगायत २९ संस्थाको शेयर लगानी रहेको छ ।
२०२६ सालमा स्थापना भएको सो संस्थाले पुल्चोक, सानेपा, बल्खु, बाफल र बनेपामा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । त्यस्तै, बल्खु तथा भद्रकालीमा मल तथा एलपी ग्यासको बिक्री हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह