शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजको अमेरिकी नेटवर्क विस्तार, सियाटलसम्मको पहिलो उडान सम्पन्न

शुक्रबार, १६ माघ २०७७, १८ : २३
शुक्रबार, १६ माघ २०७७

दोहा । आजबाट कतार एयरवेजको सियाटलसम्मको उडानको सुरुवात भएको छ । जसले सर्वाधिक नेटवर्क भएको मध्य पूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थल मार्फत दक्षिण पश्चिम प्यासिफिक क्षेत्रबाट यात्रा गर्ने यात्रुहरुलाई थप सुविधा प्रदान गर्दछ । यस सियाटल मार्ग अमेरिका प्रवेश गर्ने ११औं द्वार हो ।

सियाटलसम्मको चार साप्ताहिक उडानहरू कतार एयरवेजको अत्याधुनिक बोइङ ७७७द्वारा सञ्चालित हुनेछन् जसको बिजनेश क्लासमा ४२ सीट र इकनमी क्लास ३१२ सीटहरू छन् ।

एक अग्रणी ग्लोबल कनेक्टरको रूपमा, कतार एयरवेजले हाल १२० गन्तव्यहरू जोड्ने ८०० भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्दछ जसलाई वृद्धि गरी मार्चको अन्त्यसम्ममा १३० भन्दा बढी गन्तव्य पु¥याउने योजना रहेको छ ।

सियाटल जाने आउने यात्रुहरुले मध्य पूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थलको अफ्रिका, एसिया–प्यासेफिक, दक्षिण एसिया तथा मध्य पूर्वसम्म उत्कृष्ट नेटवर्कको लाभ उठाउन सक्नेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप