नाफामा आक्रामक बन्दै सहकारी बैंक
ललितपुर । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ, बैंकको गत आ.व.को सोहि अबधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो ्र उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अबधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोहि अबधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो ।
बैंकको चालु आवको अर्धबार्षिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको २ अर्व ८३ करोड सेयर पुँजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।
त्यस्तै बैंकको जगेडा कोषमा १ अर्व ३ करोड ८९ लाख रहेको छ ।
७७ जिल्लाका सबै खाले सहकारी संघ संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार ६ सय सहकारी संघरसंस्था सदस्य रहेका छन, भने बैंकका ७ प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन ्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त