झलनाथको टिप्पणी- ओली भष्मासुर र राष्ट्रघाती
विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती र भष्मासुर रहेको टिप्पणी गरेका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता खनालले आफुहरु सडकमा रहरले आएको नभई बाध्यताले भएको बताए ।
‘हामी फेरि एकपटक सडकमा आएका छौ । किनभने प्रधानमन्त्री केपी ओलीजस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिस्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर त्यो मान्छे भष्मासुर रहेछ...’बरिष्ठ नेता खनालको भनाई छ ।
उनले देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा केपी ओलीका कारण सिंगो देश आन्दोलित बनेको भन्दै प्रतिकृयावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । उनले अहिलेको एकमात्र काम संसद पुनःस्थापना गर्नु रहेको बताउँदै प्रचण्ड नेपाल पक्षले नेतृत्व गरेको नेकपामा दुई तिहाई पार्टी सदस्य रहेको दाबी गरे ।
त्यसैले निर्वाचन आयोगले संविधान बमोजिम आफ्नै पार्टीलाई आधिकारिकता दिने विश्वास उनले व्यक्त गरे । त्यस्तै उनले सर्वोच्च अदालतले कानुन बमोजिम सर्वोच्चमा परेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सहि निर्णय गर्ने भन्दै अदालतप्रति आफुहरुले सम्मान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण