शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको कदमले मुलुक गृहयुद्धतिर धकेलिँदैछः योगेश भट्टराई

शुक्रबार, १६ माघ २०७७, १५ : ३०
शुक्रबार, १६ माघ २०७७

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् ।  शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध र द्वन्द्वतिर धकेलिन लागेको बताएका हुन् ।

 ‘आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईको भनाई छ । उनले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए । उनले ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप