कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु (भिडियो सहित)
काठमाडौं । कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।
कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा यसको महत्व अझै बढेर गएको बताए । गभर्नर अधिकारीले नबिल बैंकजस्तो संस्थाले वित्तीय क्षेत्रमा पहुँच, समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धिका लागि डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पछिल्ला केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन आउन थालेको बताउँदै उपभोक्ता पनि विस्तारै नगदबाट डिजिटल भुक्तानीमा परिवर्तन हुँदै गएको बताए । यद्यपि अझै पनि ठूलो हिस्सा कारोबार नगदमा नै हुने गरेको भन्दै उनले यस्तो अवस्थामा कमी ल्याउन नविनतम टेक्नोलोजी विकास आवश्यक रहेको बताए ।

सो कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्रकेशरी पौड्याल, कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँ लगायतले समेत मन्तव्य राखेका थिए । क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीका साथै, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवनकुमार कँडेल, नविल बैंकका अध्यक्ष न्यौपाने, प्रमुख कार्यकारी अधिकृत शाह, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य लगायत उच्च व्यवस्थापनका कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघ तथा कृषि बजार विकास कम्पनी अध्यक्ष लगायतको सहभागिता थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् । बैंकले अघिल्लो मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठान छन् । यस्तो सेवाग्राहीको संख्या हरेक दिन बढिरहेको नबिल बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण