शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘श्रीदेवी’ बनाउँदै दीपशिखा

शुक्रबार, १६ माघ २०७७, १३ : ४६
शुक्रबार, १६ माघ २०७७

काठमाडौंँ । केही पहिले ‘प्रेमलीला’ नामको फिल्म निर्माण गरेकी अभिनेत्री तथा निर्मात्री दिपशिखा सिंह खड्काले नयाँ  फिल्म घोषण गरेकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्म ‘श्रीदेवी’ बनाउन लागेको घोषणा गरेकी छन् । फिल्ममा शीर्षक भूमिका उनी आफैले निर्वाह गर्नेछिन् । 

एउटी वेश्यावृत्तिमा आवद्ध युवतीको कथामा बन्न लागेको बताइएको फिल्म फौजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । स्क्रिप्ट समेत अभिनेत्री खड्काकै रहेको फिल्मको अन्य कलाकार र प्राविधिक सबै टुङ्गो लाग्न बाँकी रहेको छ  सबै टुंगो लाग्ने बित्तिकै फिल्म छायाँंकनमा निस्कने निर्माता खड्काले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप