इजलासमा रामनारायण बिडारीको प्रश्न– रुख काटिदिने अनि फूल फूलेको खै भन्ने ?
काठमाडौं । राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसअघि नै ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् ।
उनले संविधानमा लेखेको कुरा नमान्नेले अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्न नमिल्ने पनि बताएका छन् । संविधानअनुसार प्रधानमन्त्री दिन नसक्ने प्रतिनिधिसभामात्र विघटन हुने उनले दावी गरे ।
प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा जारी सुनुवाईका क्रममा शुक्रबार बहस गर्दै उनले यस्तो तर्क गरेका हुन् । उनले भने, ‘आफ्नो देशको सर्वोच्च संविधान नमान्ने अनि अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने ?’
संविधानका सबै धारा समान रहेको भन्दै उनले कुनै पनि धारा देखाउनका लागिमात्र नराखिएको जिकिर गरे । उनले भने, ‘सबै धाराका विशेषशता आ–आफ्नै छन् ।’
उनले आफ्नै देशको संविधानको ब्याख्या गर्नु पर्ने प्रस्ट पार्दै अर्काको देशको संविधानको ब्याख्या गरेर नहुने उल्लेख गरे । ‘भारतको संविधान हेरेर नेपालको संसद विघटन गर्ने ?’ उनले भने, ‘हाम्रो संविधान अरुको भन्दा फरक छ ।’ नेपालको शान्ति प्रक्रिया पृथक रहेको र नेपाली जनताले गरेको संघर्षका आधारमा गणतन्त्र स्थापना भएको भन्दै उनले अरु देशसँग नेपालको तुलना गरेरमात्र नहुने प्रस्ट पारे ।
उनले प्रश्न गरे, ‘संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने ?’
केपी ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने उनको तर्क थियो ।
ओलीप्रति लक्षित गर्दै बिडारीले भने, ‘इजलासले राज्यविरुद्धको अपराध गर्नेका विरुद्ध केही न केही बोल्नु प¥यो ।’ नेकपाको सांसद यति छ, उति छ भनेर इजलासमा क्यालकुलेसन गरेर नहुने उनले बताए । ‘संसदमै गनिन्छ, रुख काटिदिने अनि फूल फूलेको खै ? फल लागेको खै भनेर हुन्छ ?’ बिडारीले प्रश्न गरे ।
प्रधानमन्त्रीले ताजा जनादेश चाहिएको दलिल गरेकोमा समेत उनले प्रश्न गरे । ‘किन चाहियो जनादेश ? ५ वर्ष संविधानमा लेखेकै छ, प्रधानमन्त्रीको हुकुमे शासन हेर्ने कि संविधान हेर्ने इजलासले ?’ उनको प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण