शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बुद्ध एयरको भ्यालेन्टाइन अफरः १४ फेब्रुअरीमा माउन्टेन फ्लाइट, चकलेट र फुल पनि पाइने

शुक्रबार, १६ माघ २०७७, १२ : २८
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । बुद्ध एयरले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका लागि विशेष अफर ल्याएको छ । बुद्ध एयरले यस दिनलाई अझ रमाइलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको हो ।

नौं हजार नौं सय ९९ मा एउटा टिकट किन्दा अर्को फ्री साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्नेछ । 

बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले बुद्धका हरेक उडान सुरक्षित तथा संक्रमणरहित रहेको बताएका छन् । उनले बुद्ध एयरले एभरेष्ट एक्सपेरियन्स उडान हरेक शनिवार गर्दै आइरहेको पनि जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप