माघ १८ अघि छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड–माधव पक्षको निर्वाचन आयोगलाई जवाफ (पत्रसहित )
काठमाडौँ । निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने जानकारी गराएको छ । आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो ।
आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो । आयोगको यो आग्रहपछि शुक्रबार प्रचण्ड–माधव पक्षका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उहाँहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएका छन् ।
‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण