इन्डोनेसियाः यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानियो

इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ ।
यी दुईले मास्क लगाएका एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो ।
उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए ।
इन्डोनेसियाको एचेई एउटै मात्र प्रान्त हो जहाँ इस्लामिक कानून लागू छ । उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ ।
मास्क लगाएका व्यक्तिले पिठ्यूँमा कोर्रा हान्दा २७ र २९ वर्षका यी दुई पीडाले निहुरेका थिए ।
सजायलाई केही बेरका लागि बीचमा राकेर यी दुईलाई पानी पनि खान दिइएको एएफपी समाचार एजेन्सीले बताएको छ ।
दुईमध्ये एककी आमा छोरालाई कोर्राले हानेको हेर्न नसकेर बेहोस भएकी थिइन् ।
त्यसै दिन एक महिला र पुरुषलाई निकै नजिक बसेको अवस्थामा भेटिएको भन्दै २० पटक कोर्रा हानियो । साथै अर्का दुई पुरुषलाई मदिरापान परेको आरोपमा ४० पटक कोर्रा हानियो ।
यो सँगै अचेईमा समलिङ्गी पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानिएको तेस्रो घटना हो ।
मुस्लिम बाहुल्यता भएको देश इन्डोनेसियामा समलैङ्गिकता अवैध भने होइन । तर सन् २००६ मा दशकौं लामो अलगाववादी युद्ध अन्त्यका लागि अचेईलाई सरिया कानून लागू गर्ने अधिकार दिइएको थियो ।
त्यतिबेला अचेईका राजनीतिक नेताले सिरिया कानूनले धार्मिक अल्पसंख्यकको कानूनमाथि कुनै असर नपार्ने बताउँदै अन्तर्राष्ट्रिय मानवाधिकारको सम्मान गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध
-
चरनका लागि राखिएका मौरी
-
७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
-
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना : सात दशकपछि होला त ‘ब्रेक थ्रु’ ?