तौल घटाउन बिहानको नास्तामा अण्डा खानु कति सही ?

एक कप तात्तो चिया वा कफीसँग अण्डा (अमलेट) पाउने हो भने दिनको सुरुवात गर्ने यो भन्दा राम्रो तरिका के होला ? अमलेट संसारभरी चर्चित एक विशेष खान्की हो । त्यसमा पनि अमलेटलाई धेरैले रुचाउँछन् ।
अण्डालाई धेरैले सुपरफूडको रुपमा मान्छन् । यसै कारण पकाएको अण्डालाई बिहानको नास्ताका लागि उत्कृष्ट मानिन्छ । यदि तपाईंलाई पनि बिहान अण्डा खान मनपर्छ वा खाइरहनुभएको छ भने योसँग सम्बन्धित केही आवश्यक कुराहरु थाहा पाउनुहोस् ।
अमलेटमा कति क्यालोरी हुन्छ ?
अण्डालाई कसैले नुन मात्रै हालेर बटरमा पकाएर खान रुचाउँछन् कतिले पनि विभिन्न खानेकुरा मिसाएर खान्छन् । तर अन्य कुरा हटाउने हो भने १२० ग्राम अण्डामा करिब २२० क्यालोरी हुन्छ ।
एउटा अण्डामा कति हुन्छ पोषण ?
कार्बोहाइड्रेट – ०.९ ग्राम
चिनी – ०.४ ग्राम
डायट्री फाइबर – ०.१ ग्राम
फ्याट – १७ ग्राम
ट्रान्स फ्याट – ०.१ ग्राम
स्याचुरेटेड फ्याट – ४ ग्राम
पोटासियम – १६१ एमजी
कोलेस्ट्रोल – ४२७ एमजी
प्रोटिन – १४ ग्राम
सोडियम – ३६५ एमजी
२२० क्यालोरीको अर्थ के हो ?
२२० क्यालोरीलाई सजिलै घटाउन सकिन्छ । तपाईं यसलाई यसरी घटाउन सक्नुहुन्छः
२० मिनेटका लागि डोरीमा उफ्रनुहोस्
३५ मिनेटका लागि साइक्लिङ गर्नुहोस्
३० मिनेटका लागि जगिङ गर्नुहोस्
के तौल घटाउनका लागि अण्डा सही हो ?
आफ्नो आफ्नो पोषण र स्वास्थ्य लाभका कारण शानदार खाद्य पदार्थ हो । अण्डामा प्रोटिनको मात्रा भरपुर पाइन्छ । तर प्रश्न यो उठ्छ कि तौल घटाउनका लागि अण्डा खानु सही हो कि होइन ? यसको जवाफ सकारात्मक आउँछ । अण्डा स्वास्थ्य लाभले भरपुर हुन्छ र तौल घटाउन पनि मद्दत गर्छ ।
१. अण्डा खाँदा तपाईंको भेट भरिएको महसुस हुन्छ किनभने यो प्रोटिनले भरपुर हुन्छ । यो खाएपछि तपाईंलाई अरु कुरा खान मन लाग्दैन अर्थात्, अनावश्यक क्यालोरीयुक्त खानेकुरा खानबाट तपाईं बच्नुहुन्छ ।
२. अण्डाले मेटाबोलिजमलाई बढाउने काम गर्छ जसले क्यालोरी घटाउन सहयोग गर्छ ।
३. अण्डा निकै सजिलै जता पनि पाइन्छ । यसलाई खानामा समावेश गर्न निकै सजिलो छ ।
४. अण्डालाई स्वस्थ खाना मानिन्छ, यदि यसलाई सही मात्रामा खाने हो भने क्यालोरी पनि कम हुन्छ ।
डिस्क्लेमरः लेखमा उल्लिखित सल्लाह र सुझाव सामान्य सूचनाको उद्देश्यका लागि हो र यसलाई व्यावसायिक चिकित्सकीय सल्लाहको रुपमा लिइनुहुन्छ । कुनै पनि प्रश्न वा समस्या छन् भने सधैं डायटिसियन वा डाक्टरको सल्लाह लिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न