सडकले जोडियो नेपाल र सिक्किम
शुक्रबार, १६ माघ २०७७, ०६ : ३३
भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो ।
नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ थिएन । लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ । सडकको ट्रयाक खुलेसँगै गाडी पनि आइपुगेका छन् ।
पश्चिम सिक्किमको उत्तेरबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो । यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधासम्बन्ध स्थापना भएको छ । उत्तरेबाट सोक्पाखा, जरिबुटे, भालुवाले हुँदै चिवाभन्ज्याङसम्म सडक आइपुगेको हो । सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ ।
यो क्षेत्रका लागि मात्र होइन, सिंगो सिक्कमका लागि यो महत्त्वपूर्ण हो । यो सिक्किम सरकारको प्राथमिकताको योजना थियो ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन