बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

बिहीबार, १५ माघ २०७७, २३ : ३८
बिहीबार, १५ माघ २०७७

एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।  उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।

कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।

आलोचकहरुले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएका छन् । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप