बेलायतमा कोरोनाबाट एक हप्तामा झन्डै आठ हजारको निधन

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२३९ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन कोरोनाबाट एक हजार ७२५ जनाको मृत्यु भएको थियो । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख तीन हजार १२६ पुगेको छ । स्वास्थ्य विभागको तथ्याङ्कअनुसार एक साताभित्र बेलायतमा ७ हजार ७६६ जनाको मृत्यु भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २८ हजार ६८० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ४३ हजार ७३४ पुगेको छ । संक्रमित संख्या बढेपछि बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा खासै कमी एको छैन । हाल यहाँका अस्पतालमा झन्डै ३७ हजार संक्रमितको उपचार भइरहेको छ भने झन्डै चार हजार कोरोना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
७४ लाख भन्दा बढीले लगाए कोरोनाको खोप
बेलायतमा बिहीबारसम्म ७४ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । बेलायतमा हाल फाइजर–बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोपहरु वितरण भइरहेको छ । संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसँगै खोप अभियानलाई प्रथामिकताकासाथ् अघि बढाइएको छ ।
पछिल्लो जानकारी अनुसार बेलायतमा हालसम्म ७४ लाख ४७ हजार १९९ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७६ हजार २९८ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खोप वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले खोप वितरण केन्द्रको वृद्धि गरिएको छ । कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दूरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली