पार्टीका केही नेता ढुलमुले भएः उपप्रधानमन्त्री पोखरेल
बिहीबार, १५ माघ २०७७, २२ : ५१
इनरुवा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् । सुनसरीको दुहबीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही व्यक्ति स्वार्थ लिप्तामा लागेको आरोप लगाए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताए । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुशियत, पार्टी नेत्री भगवती चौधरीलगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी
-
गुञ्जिए गुलाम अली, तस्बिरहरू