शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन
सिरहा । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बतएका छन् ।
विहीबार सिरहाको धनगढीमाई नगरपालिकाले शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै उनले सो कुरा बताए ।
पूर्व मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई दायित्व बोध नहुँदा शैक्षिक गुणस्तरीयता कमजोर भएको उल्लेख गर्नुहुँदै कक्षा कोठामा कोठाभित्र लोकतान्त्रिक पद्धतिको विकास गर्दै शिक्षामा सबैको सामुहिक दायित्वको बोध हुनुपर्नेमा जोड दिए ।
प्रविधिमैत्री विद्यालय निर्माण नभई शैक्षिक गुणस्तरीयता कायम हुन नसक्ने भएकोले अबको विद्यालय प्रविधिमैत्री बन्नुपर्नेमा पूर्व मन्त्री पोखरेलले जोड दिए । अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने उनको भनाइ छ ।
अबको शिक्षा बजारसम्म बिक्री हुने खालको शैक्षिक गतिविधि गरिनुपर्ने उनले बताए । नगरक्षेत्रभित्रका विशेषतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता दिने उद्देश्यले आयोजित उक्त नगर शिक्षा सम्मेलनमा शिक्षाविद् विमल फुँयाल, पूर्ण दवारी, नन्दकुमार थापा, लगायतले गुणस्तरीय शिक्षाको बारेमा आ आफ्नो धारणा राखेका थिए ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे नगर शिक्षा घोषणा पत्र २०७७ घोषणा समेत गरिएको छ ।
नगर क्षेत्रभित्र ३३ वटा सामुदायिक, २३ संस्थागत २३, ६ धार्मिक एवम् ६१ वटा वालविकास रहेका छन् । धनगढीमाई नगरपालिकामा ८३ प्रतिशत साक्षर रहेको धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत