शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा २ पुरुष मृत अवस्थामा फेला

बिहीबार, १५ माघ २०७७, १९ : ३६
बिहीबार, १५ माघ २०७७

पोखरा । पोखरामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार पोखराका २ छुट्टाछुट्टै स्थानमा २८ वर्षीय युवक र ५५ वर्षीय पुरुष मृत फेला परेको हुन् ।

पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा सोही स्थानका ५५ वर्षका एक पुरुष मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ । मृत भेटिनेमा दधिराम परियार रहेका छन् ।यस्तै, पोखरा महानगरपालिका–२४ का २८ वर्षिय विरञ्जन तिमिल्सिनाको पोखरीमा तैरिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाइएको छ ।

तिमिल्सिनाको कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा घोप्टो अवस्थामा तैरीरहेको अवस्थामा शव भेटिएको प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप