बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नाफामा बृद्धि, यस्तो छ दोस्रो त्रैयमासको वित्तीय विवरण

बिहीबार, १५ माघ २०७७, १९ : ०८
बिहीबार, १५ माघ २०७७

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रयमासमा वार्षिक प्रति सेयर आम्दानी रू. ३५.७३ आर्जन गर्न सफल भएको छ । 

बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. २ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकको यस दोस्रो त्रयमाससम्ममा कर्जातर्फ रू. ५९.३१ अर्बले वृद्धि भई कुल कर्जा रकम रू. २३३.०८ अर्ब पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३१० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको छ । 

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू.६७.३० अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २७६.२० अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३०७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १९ प्रतिशत रहेको छ । 

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस दोस्रो त्रयमाससम्ममा ०.४३ प्रतिशतमा झार्न बैंक सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । 

बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.३३ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । 

साथै बैंकको कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश ८५.९५ प्रतिशत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप